विदेशबाट फर्केर नेपालमै मनग्य आम्दानी
२०६५ देखि २०७३ सालसम्म वैदेशिक रोजगारीका लागि भौतारिएका एक युवक अहिले गाउँकै माटोबाट मासिक ४५ हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
गुल्मीको इस्मा गाउँपालिका–४, ढाँडा गाउँका ३० वर्षीय देवबहादुर घर्तीले गाउँमै कृषि र पशुपन्छी पालनबाट मनग्गे आम्दानी लिन थालेका हुन् ।
वैदेशिक रोजगारीका लागि २०६५ सालमा मलेशिया पुगेका उनी २०६९ साल नेपाल फर्किए । त्यसपछि कतार गएका उनी २०७३ सालमा नेपाल फर्किएपछि भने गाउँमै केही गर्ने योजना बनाए ।
सोही अनुसार मुसिकोट नगरपालिका– १, पौदीअमराईको ठुलो पहिरो भन्ने स्थानमा बृहत कृषि पशुपालन फार्म सञ्चालन गरेका उनले अहिले वैदेशिक रोजगारीबाट हुने आम्दानीको तुलनामा मासिक डेढ गुना बढी रकम गाउँघरमै बसेर कमाउन थालेका हुन् ।
८ रोपनी जग्गा भाडामा लिएर उनले सुरुमा टिमुर र कागती खेती सुरु गरे । अर्को ११ रोपनी क्षेत्रफलमा उनले माछा र कुखुरा पालन र तरकारी खेती खेतीसमेत गरेका उनले आफूलाई अग्रणी कृषकका रुपमा स्थापित गरेका छन् ।
चार लाख लगानीमा २०७४ सालमा दीपशिखा कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर कृषि क्षेत्रमा हात हालेका उनले ४ वर्षको अवधिमा साढे २३ लाख रुपैयाँको पूँजी बनाएका छन् ।
‘विदेशमा छँदा मासिक ३० हजार रुपैयाँ बचाउँथे, अहिले गाउँमा कृषि र पशुपन्छी पालनबाट मासिक ४५ हजार कमाउँछु,’ उनले भने, ‘अबको तीन वर्षमा सबै खर्च कटाएर मासिक १ लाख १० हजार कमाउने लक्ष्य लिएको छु ।’
हालै उनी मुसिकोट नगरपालिकाबाट सर्वोत्कृष्ट कृषक घोषित भई पुरस्कृतसमेत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित