शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बद्री पंगेनीले दर्शकलाई नचाए छमछमी

शुक्रबार, १० कात्तिक २०७४, ०७ : २५
शुक्रबार, १० कात्तिक २०७४

तनहुँ - नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँको आयोजना बुधबारदेखी संचालित महोत्सवको दोस्रो दिन बिहिवार राष्ट्रिय कलाकार बद्री पंगेनी र लक्ष्मी नेपालीको प्रस्तुतिबाट दर्शकले भरपुर मनोरञ्जन लिए ।

पंगेनीले रातो पछ्यौरी, ऐ आमा नरुनु, पञ्चेबाजा, दोहोरी गीत र कलाकार नेपालीको पनि सोही अनुपातमा कला प्रस्तुत हुदाँ दर्शकहरु छमछमी नाचेर मनोरञ्जन लिएका थिए । 

तेश्रो दिन कलाकारहरु पुरुषोत्तम न्यौपाने, शंकर परियार, बुद्धिमान दुरा, उत्तम गुरुङ, सरिता सारु लगायतको प्रस्तुति रहने आयोजक समितिले जनाएको छ । 

महोत्सवको दोस्रो दिन मात्रै २० लाखको आर्थिक कारोवार भएको आयोजकले रातोपाटीलाई बताए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण श्रेष्ठ
किरण श्रेष्ठ
लेखकबाट थप