नारदमुनि रानाको आरोप : काँग्रेस नेताको घरमा भेटिन थाल्यो कोभिड खोप
शुक्रबार, २९ साउन २०७८, १३ : ५४
नेकपा एमालेका सांसद नारदमुनि रानाले काँग्रेस नेता कार्यकर्ताहरूको घरमा कोभिड खोप भेटिन थालेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद रानाले उनले महाकाली नदीमा भारतीय सेनाबाट जयसिंह धामी मारिँदा सरकार नबोलेको, मेलम्चीमा बाढीले अस्तब्यस्त पार्दा सरकार बेखबर भएको आरोप लगाए ।
उनले भने– ‘खोप, खोप, खोप प्राथमिकतामा रहेको सरकारले ओली सरकारले ल्याएपछि खोप ल्याउन सकेको छैन् । अहिले काँग्रेसका नेता कार्यकर्ताहरूको घर घरमा खोप भेटिन्छ । त्यति मात्र हैन अहिले दशौं हजार तिरेर ठूला बढा भिआइपीको घरमा खोप भेटिन्छन् ।’
उनले एउटा कागज देखाउँदै सहयोगको नाममा, स्वास्थ्य सामग्री वितरणको नाममा गाउँ गाउँमा अमेरिकी सेना पुगेको आरोप लगाए । उनले सरकार आयोग खारेज गर्ने विषयमा केन्द्रीत भएकोले यस्ता विषय थाहा नभएको दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण