बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

समाजवादको लागि गठबन्धनले साझा कार्यक्रम तयार गर्नुपर्छ: राम कार्की

आइतबार, ३१ साउन २०७८, १२ : १६
आइतबार, ३१ साउन २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । समूह विभाजन गरेर सुरु गरिएको छलफलमा प्रदेश नम्बर १ को टोली नेताको रुपमा धारणा राख्दै नेता राम कार्कीले पार्टी समेत सहभागी भएको गठबन्धन सरकारले समाजवादको लागि साझा कार्यक्रम तयार गर्नुपर्ने धारणा राखे ।

‘गठबन्धनले समाजवादको कार्यक्रमबारे बोलेको छैन, साथीहरुले समाजवादको साझा कार्यक्रम तय गरेर अघि बढ्नुपर्छ भन्नुभएको छ’ कार्कीले बैठकमा भने । यस्तै उनले पार्टीभित्र आत्मसमीक्षा आलोचनात्मक नभएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डको प्रतिवेदनमा केही विषय छुटेको पनि उल्लेख गरे ।  

प्रतिवेदनमा गोर्खा भर्ती केन्द्रबारेको विषय नभएको, अरु दललाई हेर्ने दृष्टिकोण स्पष्ट नभएको बताउँदै उनले पार्टीलाई सशक्त बनाउन ठोस कार्ययोजना बनाउन जरुरी भएको पनि धारणा राखे । पार्टीलाई गतिशील बनाउन उपयुक्त जिम्मेवारी दिनुपर्ने र लिनेले पनि प्रभावकारी ढंगले काम गर्नुपर्ने उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप