आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

यति चाँडो जित हासिल गरेकोमा तालिबानका नेता नै चकित

गनी ५० लाख डलर लिएर भाग्न खोजेको आरोप
सोमबार, ३२ साउन २०७८, ०६ : ५९
सोमबार, ३२ साउन २०७८

तालिबानले अफगानिस्तानको राजधानीलाई कब्जामा लिन सफल भएको छ । आइतबार तीन महत्त्वपूर्ण घटनाक्रमहरू भए । पहिलो – राष्ट्रपति असरफ गनी र उपराष्ट्रपति अमिरुल्लाह सालेह आफ्ना निकटस्तहरुसँग देश छाडेर भागे । दोस्रो – तालिबानले राष्ट्रपति भवन (अर्ग) माथि कब्जा जमायो । तेस्रो – तालिबान नेता मुल्ला बरदारको बयान आयो । 

उनले भने, ‘सबै जनताको धनमालको सुरक्षा गरिनेछ । अगामी केही दिनमा सबै नियन्त्रणमा लिइने । हामीले सोचेकै थिएनौँ कि यति सजिलै र यति चाँडै जित हासिल हुनेछ । आगामी केही दिनमा सबै सामान्य हुनेछ ।’

तालिबानका नेताहरू राष्ट्रपति भवनमा बसेर विभिन्न च्यानलहरूलाई अन्तरवार्ता दिइरहेका छन् । उनीहरूको दाबी छ कि राष्ट्रपति गनी देश छाडेर जाँदा ५० लाख डलर साथमा लिएर जाने प्रयासमा थिए । तर, उक्त रकम राष्ट्रपति भवनको हेलिप्याडमा नै छाडियो । 

केही मिडिया रिपोर्टमा राति काबुलमा केही विस्फोटको आवाजहरू पनि सुनिएका थिए । तर, तालिबान स्रोतहरूले यसबारे पुष्टि गरेको छैन । काबुल विमानस्थलबाट व्यावसायिक उडानमा रोक लगाइएको छ ।

यसबीच देशमा शान्ति बहाली गर्न एक समन्वय परिषद् बनाइएको छ । पूर्व राष्ट्रपति हामिद कारजईले यसको अगुवाइ गर्नेछन् । यसमा अब्दुल्ला अब्दुल्ला र जिहादी नेता गुलबुद्दीन हिकमतयार पनि रहनेछन् । समाचार एजेन्सीका अनुसार तालिबानले चाँडै राष्ट्रपति भवनबाट इस्लामिक इमिरेट्स अफ अफगानिस्तान घोषणा गर्ने तयारी गरेको छ ।

काबुलमा तीव्र गतिमा बदलिँदै परिस्थितिबीच अमेरिकाले सेक्युरिटी अलर्ट जारी गरेको छ । जसमा काबुल विमानस्थलमा सुरक्षाको अवस्था तीव्र रुपमा बदलिरहेको छ । केही मिडिया रिपोर्टमा विमानस्थलमा आगलागी भएको खबरसमेत आएको थियो । काबुलस्थित अमेरिकी दूतावास खाली भएको छ । अमेरिकी राजदूत अफगानिस्तान छाडेर भागिसकेका छन् ।

काबुल विमानस्थलमा कर्मचारीहरू भागेपछि कयौँ विमान बिना यात्रु नै उडेको थिए । अहिले काबुलमा कुनै पनि यात्रुबाहक विमान छैनन् । मात्र अमेरिकी सैन्य विमान रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप