भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या एकसय ५० दिन पछिकै सबैभन्दा कम
भारतमा कोरोनाभाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा ३६ हजार पाँच सय ७१ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
भारतमा अहिले सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ६३ हजार ६ सय पाँच पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।
सक्रिय अवस्थामै रहेका सङ्क्रमितहरुको यो सङ्ख्या गत एक सय ५० दिन पछिकै सबैभन्दा कम भएको पनि उनीहरुले बताएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १.१२ प्रतिशत रहेको छ ।
भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १५ लाख ६१ हजार ६ सय ३५ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३६ हजार पाँच सय ५५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।
कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये भारतमा मात्रै अहिलेसम्म चार लाख ३३ हजार पाँच सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो एक दिनमा पाँच सय ४० जनाको मृत्यु भएको हो ।
अहिले भारतमा सङ्क्रमणमुक्त हुने दर पनि उच्च रहेको छ । अधिकारीहरुका अनुसार अहिले ९७.५४ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या २०२० को मार्च पछिकै सबैभन्दा धेरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण