आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दैलेखमा ६ जनप्रतिनिधि समाजवादीमा खुले

सोमबार, ०७ भदौ २०७८, १३ : ४२
सोमबार, ०७ भदौ २०७८

११ वटा स्थानीय तह रहेको दैलेखमा दुई जना उपप्रमुख, दुई अध्यक्षसहित ६ जना नेकपा समाजवादीमा (माधव नेपाल समुह) खुलेका छन् । समाजवादीमा खुल्ने मध्येमा चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही (खत्री), नारायण नगरपालिकाकी उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही रहेका छन् ।

यस्तै महावु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढा पनि समाजवादीमा खुलेकी छन् भने ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह पनि समाजवादी पार्टीमा खुलेकी छन् । यसअघि माधव नेपाल समूहमै रहेका चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले अहिले प्रष्ट धारणा बनाइसकेका छैनन् ।

माधव समूहकै नेतामा रुमा चिनिएका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही भने अहिले खुलेर ओली पक्षमा होमिएका छन् । उनले केही दिनअघि काठमाडौं गएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट समेत गरिसकेका छन् । कर्णालीको भौतिक पूर्वाधार मन्त्री समेत रहेका नेकपा समाजवादीका नेता अम्मरबहादुर थापाका अनुसार उल्लेखीत जनप्रतिनिधिहरु शनिबार नेकपा समाजवादीको जिल्ला भेलामा समेत सहभागी बनेका थिए । 

थापाले रातोपाटीसँग भने, ‘अब हामी सांगठनिक रुपमा पार्टीको गतिविधिलाई विस्तार गर्छौँ । ओलीको अहंकार र दम्भले गर्दा एमाले दुई किनारातिर धकेलिन पुग्यो ।’  चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी उपप्रमुख ताराकुमारी शाही (खत्री)ले विगत देखिनै आफु माधव नेपाल पक्षमा रहेको र अहिले पनि सोही पक्षमा रहेको स्पष्ट पारिन् ।

म पहिला एमालेमा हुँदा पनि कारबाहीको कुरा आएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रीलाई फेसबुकमा बधाई दिँदा समेत म माथि कारबाहीका कुरा आए’ उनले भनिन्,‘ कारबाही सम्बन्धी मेरो सरोकार छैन ।’  दैलेखमा बरुदनाथ योगीको नेतृत्वमा ८४ सदस्यीय कमिटी बनिसकेको छ । यसअघि सुर्खेतमा मोहनसिंह बडुवालको नेतृत्वमा  २५१ सदस्यीय कमिटी गठन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप