दैलेखमा ६ जनप्रतिनिधि समाजवादीमा खुले
११ वटा स्थानीय तह रहेको दैलेखमा दुई जना उपप्रमुख, दुई अध्यक्षसहित ६ जना नेकपा समाजवादीमा (माधव नेपाल समुह) खुलेका छन् । समाजवादीमा खुल्ने मध्येमा चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही (खत्री), नारायण नगरपालिकाकी उपप्रमुख सावित्री मल्ल, भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही रहेका छन् ।
यस्तै महावु गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी बुढा पनि समाजवादीमा खुलेकी छन् भने ठाटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह पनि समाजवादी पार्टीमा खुलेकी छन् । यसअघि माधव नेपाल समूहमै रहेका चामुण्डाविन्द्रासैनी नगरपालिकाका प्रमुख सुर्यबहादुर शाहीले अहिले प्रष्ट धारणा बनाइसकेका छैनन् ।
माधव समूहकै नेतामा रुमा चिनिएका ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही भने अहिले खुलेर ओली पक्षमा होमिएका छन् । उनले केही दिनअघि काठमाडौं गएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट समेत गरिसकेका छन् । कर्णालीको भौतिक पूर्वाधार मन्त्री समेत रहेका नेकपा समाजवादीका नेता अम्मरबहादुर थापाका अनुसार उल्लेखीत जनप्रतिनिधिहरु शनिबार नेकपा समाजवादीको जिल्ला भेलामा समेत सहभागी बनेका थिए ।
थापाले रातोपाटीसँग भने, ‘अब हामी सांगठनिक रुपमा पार्टीको गतिविधिलाई विस्तार गर्छौँ । ओलीको अहंकार र दम्भले गर्दा एमाले दुई किनारातिर धकेलिन पुग्यो ।’ चामुण्डा बिन्द्रासैनी नगरपालिकाकी उपप्रमुख ताराकुमारी शाही (खत्री)ले विगत देखिनै आफु माधव नेपाल पक्षमा रहेको र अहिले पनि सोही पक्षमा रहेको स्पष्ट पारिन् ।
म पहिला एमालेमा हुँदा पनि कारबाहीको कुरा आएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रीलाई फेसबुकमा बधाई दिँदा समेत म माथि कारबाहीका कुरा आए’ उनले भनिन्,‘ कारबाही सम्बन्धी मेरो सरोकार छैन ।’ दैलेखमा बरुदनाथ योगीको नेतृत्वमा ८४ सदस्यीय कमिटी बनिसकेको छ । यसअघि सुर्खेतमा मोहनसिंह बडुवालको नेतृत्वमा २५१ सदस्यीय कमिटी गठन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण