प्रिमियर लिगमा थप १६ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि
मंगलबार, ०८ भदौ २०७८, ०६ : २१

गत एक हप्तामा प्रिमियर लिगमा थप १६ जना खेलाडी र क्लबका स्टाफलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रिमियर लिगले १६ देखि २२ अगस्तको बीच लिगले ३ हजार ६० जनाको परीक्षण गर्दा पहिलो चरणमा १२ र दोस्रो चरणमा थप ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यसअघि लिगको पहिलो हप्तामा ९ जना र १५ अगस्तअघि ११ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो । प्रिमियर लिगले हरेक हप्ता दुई चरणमा गर्ने परीक्षणलाई कायम राख्ने भएको छ ।
कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि चेल्सीका फरवार्ड क्रिस्टियन पुलिसिचले आइतबार आर्सनलबिरुद्धको खेल गुमाएका थिए । त्यस्तै, आर्सनलका डिफेन्डर बेन ह्वाइट पनि सङ्क्रमित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा मन्त्री बन्न हानथाप, देउवालाई सन्तुलन मिलाउन सकस
-
एजेन्डा भुलेर सरकारमा जान तराई केन्द्रित दलको तँछाडमछाड
-
नेपाल एयरलाइन्स एक महिनामा दुईपटक ठोक्किनबाट जोगियो
-
आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन
-
रूसको आणविक चाल ‘खतरनाक र गैरजिम्मेवार’ : नेटो
-
विराट गोल्डकप : संकटालाई हराउँदै भारत सेमिफाइनलमा