‘काबुल विमानस्थलमा अर्को हमला हुनसक्छ’
अफगानिस्तानको काबुल विमानस्थलमा फेरि अर्को आतंककारी हमला हुनसक्ने भएकाले अमेरिकाले आफ्ना नागरिकहरुलाई विमानस्थलबाट तुरुन्त हट्न निर्देशन दिएको छ । अमेरिकी दूतावासका तर्फबाट जारी गरिएको अलर्टमा विमानस्थलको अब्बे गेट, पूर्वी गेट र उत्तरी गेटबारे उल्लेख गरिएको छ ।
अमेरिकी सैनिकले काबुल छोड्नुभन्दा पहिले आतंककारी हमला हुनसक्ने भन्दै अमेरिकी राष्ट्रपति जोड बाइडेनले राष्ट्रिय सुरक्षा टिमलाई सतर्क रहन चेतावनी दिएका छन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीका अनुसार काबुल विमानस्थलमा सुरक्षाको हर सम्भव व्यवस्था मिलाइँदैछ ।
‘तमाम खतराबीच हाम्रा सैनिक मानिसहरुलाई निकाल्ने मिसनमा जुटेका छन् । तर, यस मिसनमा आगामी केही दिन निकै खतरनाक हुनेछ’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैबीच अमेरिकाले अफगानिस्तानमा आईएसआईएस खुरासान समूहमाथि ड्रोन हमला गरेको छ ।
अफगानिस्तानको नंगरहार प्रान्तमा भएको यस हमलामा काबुल विमानस्थल हमलाका मुख्य योजनाकार मारिएको अमेरिकी दाबी छ । यसअघि बिहीबार काबुल विमानस्थलमा हमला भएको थियो, हमलामा मर्नेको संख्या १ सय ७० पुगेको छ । त्यसैगरी १२ सय ७६ जना घाइते छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ हजारभन्दा बढी बालबालिकामा कडा कुपोषण
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण