भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि
भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । अधिकारीले बिहीबार विहान दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ ।
एउटै समयमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या थोरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या समेतमा वृद्धि भएको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ८९ हजार ५८३ रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन करोड २० लाख २८ हजार ८२५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ५०९ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख ३९ हजार ५२९ पुगेको छ ।
मृतकमध्ये १७३ जनाको केरला प्रदेशमा मात्रै मृत्यु भएको हो । केरलामा सङ्क्रमित भएकाको सङ्ख्या ३२ हजार ८०२ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण