अमेरिकामा समुद्री आँधीको कहर, कम्तीमा ४६ जनाको मृत्यु (तस्बिरहरु)
समुद्री आँधी आइडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्युजर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गभर्नर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढीमा परेका थिए । अधिकारीहरुले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।
आँधीपछि आएको भारी वर्षाका कारण पूर्वी राज्यहरु कनेन्टिकट, मेरिल्यान्ड, न्यू जर्सी, न्युयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा दर्जनौँले ज्यान ज्यान गुमाएको खबर छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको सङ्कटसँग लड्न ‘ऐतिहासिक लगानी’ आवश्यक रहेको बताएका छन् । अमेरिकाले देशभर मौसमसम्बन्धी विपत्तिको सामना गर्नुपरिरहेको बताउँदै उनले योसँग जुध्नु जीवन र मृत्युको सवाल भएको जिकिर गरे ।
न्युयोर्क र न्युजर्सीमा भारी वर्षका कारण मानिसहरु आफ्नो घरको बेसमेन्ट र कारमा नै फसेका छन् । न्युयोर्क सहरमा मात्र ३ जना नेपालीसहित १४ जनाले ज्यान गुमाएका छन् । न्युयोर्कमा सङ्कटकाल नै घोषणा गरिएको छ ।
यसैबीच, अमेरिकाको न्युयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका–२ जुनबेँसी स्थायी घर भई हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।
तस्बिरहरु : रोयटर्स
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानको हत्या आशङ्कामा ६ जना पक्राउ
-
अपराध न्यूनीकरणका लागि स्कुल पढाउने प्रहरी निरीक्षक फूलमाया
-
बुटवलमा एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु, २ घाइते
-
६ फिल्म फ्लप हुँदा सङ्कटमा टाइगर श्राफ
-
नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित
-
विश्व उच्च रक्तचाप दिवसको अवसरमा जनचेतनाका लागि नोवेलको प्रभातफेरी