अमेरिकामा समुद्री आँधीको कहर, कम्तीमा ४६ जनाको मृत्यु (तस्बिरहरु)
समुद्री आँधी आइडाका कारण आएको बाढीमा परेर अमेरिकामा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । बिहीबार न्युजर्सीमा मात्र २३ जनाले ज्यान गुमाएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ । गभर्नर फिल मर्फीका अनुसार मारिने अधिकांश आफ्नो गाडीमा यात्रा गरिरहेका बेला बाढीमा परेका थिए । अधिकारीहरुले मृतकको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन् ।
आँधीपछि आएको भारी वर्षाका कारण पूर्वी राज्यहरु कनेन्टिकट, मेरिल्यान्ड, न्यू जर्सी, न्युयोर्क, पेन्सिलभेनिया र भर्जिनियामा दर्जनौँले ज्यान ज्यान गुमाएको खबर छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनको सङ्कटसँग लड्न ‘ऐतिहासिक लगानी’ आवश्यक रहेको बताएका छन् । अमेरिकाले देशभर मौसमसम्बन्धी विपत्तिको सामना गर्नुपरिरहेको बताउँदै उनले योसँग जुध्नु जीवन र मृत्युको सवाल भएको जिकिर गरे ।
न्युयोर्क र न्युजर्सीमा भारी वर्षका कारण मानिसहरु आफ्नो घरको बेसमेन्ट र कारमा नै फसेका छन् । न्युयोर्क सहरमा मात्र ३ जना नेपालीसहित १४ जनाले ज्यान गुमाएका छन् । न्युयोर्कमा सङ्कटकाल नै घोषणा गरिएको छ ।
यसैबीच, अमेरिकाको न्युयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दूधकुण्ड नगरपालिका–२ जुनबेँसी स्थायी घर भई हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।
तस्बिरहरु : रोयटर्स













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
