भोजपुरी फिल्म उद्योगकी महङ्गी अभिनेत्री अक्षराका विवादित क्षण
भोजपुरी फिल्म उद्योगकी चर्चित अभिनेत्री अक्षरा सिंह बिग बोस ओटीटीमा प्रतिष्पर्धीको रुपमा रहेकी छन् ।
अक्षरा भोजपुरी फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । तर, उनी विवादमा भने सधैं आइरहन्छिन् । उनी बिग बोसमा आएपछि धेरैले खुशी पनि व्यक्त गरेका थिए ।
अक्षराको फिल्म उद्योगका कलाकारसँग मात्रै होइन विभिन्न सन्दर्भमा विवादमा घेरिएकी थिइन् । उनको रितेश पांडेसँग विवाद भइसकेको छ । अक्षराले गायक पांडेविरुद्ध प्रहरीमा उजुरी समेत दर्ता गराएकी थिइन् । अक्षराले रितेशले उनीमाथि कुटपिट गरेको आरोप लगाएकी थिइन् ।
अक्षरा निडर अभिनेत्री हुन् । उनी समाजले लगाउने आरोपसँग कहिल्यै डराउँदिनन् । अक्षराले रितेशलाई आरोप लगाउनुअघि उनीहरुको सम्बन्ध निकै राम्रो थियो । तर, अहिले उनीहरुबीच कुनै सम्बन्ध नै छैन ।
यसैगरी, पवन सिंहले दोस्रो बिहेपछि पनि अक्षरासँग डेटसँग सुरु गरेका थिए । अक्षराले पवनसँगको सम्बन्धको बारेमा खुलासा पनि गरेकी थिइन् । तर, उनीहरुको सम्बन्ध बिग्रियो र उनीहरुले अलग हुने निर्णय गरे । त्यसपछि उनीहरु एक अर्काको दुश्मन बने । पवनले अक्षराको करियर बर्बाद गर्नेसम्मका काम गरे ।
अक्षराकी आमा नीलिमा सिंह पनि भोजपुरी फिल्मकी अभिनेत्री हुन् । अक्षरा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री पनि हुन् । उनी एक वर्षमा धेरैवटा फिल्ममा काम गर्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण