भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो ।
यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा थप ३८ हजार ९४८ जना नयाँ सङ्क्रमित थपिएका छन् । ती मध्ये केरला राज्यमा मात्रै २६ हजार ७०१ जना सङ्क्रमित भएका छन् ।
भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३० लाख २७ हजार ६२१ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो ७१ दिनदेखि भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारभन्दा कम हुदै आएको छ ।
त्यसैगरी पछिल्लो केही दिनदेखि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा पनि बृद्धि भएको छ । केही हप्तासम्म चार लाखभन्दा कम सक्रिय सङ्क्रमितहरु रहेकोमा अहिले बढेर चार लाख चार हजार ८७४ पुगेको छ ।
भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म चार लाख ४० हजार ७५२ को मृत्यु भएको छ भने तीमध्ये २१९ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो । त्यसैगरी एक दिनमा ४३ हजार ९०३ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सयौँ युवालाई ‘सहजकर्ता’ नियुक्त गर्दै सरकार, कार्यविधि अन्तिम चरणमा
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण