अक्षय कुमारकी आमाको निधन : नायकले लेखे, ‘यो पीडा असह्य’
बलिउड अभिनेता अक्षय कुमारकी आमा अरणा भाटियाको निधन भएको छ । उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन् । अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिए । साथै अभिनेताले आमाको नाममा एउटा भावुक पोस्ट पनि सेयर गरेका छन् ।
आमाको नाममा अक्षय कुमारको पोस्टः
अक्षय कुमारले आफ्नो पोस्टमा लेखे, ‘उनी मेरी महत्वपूर्ण हिस्सा थिइन् । आज मलाई असह्य पीडा महसुस भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज बिहान यो दुनियाँबाट बिदा भएकी छिन् । उनी अर्को दुनियाँमा मेरा पितालाई भेट्न गएकी छिन् । म तपाईंहरुको प्रार्थनाको सम्मान गर्छु किनभने म र मेरो परिवार निकै विचलित पारिदिने स्थितिबाट गुज्रिरहेका छौं । ओम शान्ति ।’
अक्षय कुमारको यो पोस्ट देखेपछि सबैले उनकी आमालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । प्रशंसक र बलिउड सेलिब्रिटीले कमेन्टमा अक्षय कुमारलाई सान्त्वना दिएका छन् ।
फिल्मको सुटिङ छोडेर मुम्बई आएका थिएः
अक्षय कुमारकी आमाको स्वास्थ्य निकै लामो समयदेखि ठिक थिएन । ३ सेप्टेम्बरमा अरुणा भाटियालाई मुम्बईको हिरानन्दानी अस्पतालमा भर्ना गरिएको थियो । उनी आइसीयूमा थिइन् । उनको स्थिति निकै नाजुक थियो । आमाको स्वास्थ्य खराब भएको जानकारी पाएपछि अक्षय कुमार लण्डनबाट तुरुन्तै मुम्बई फर्किएका थिए । अक्षय आफ्नो फिल्म सिन्ड्रेलाको सुटिङ गरिरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण