शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सडकमा लत्रिएको विद्युतको तारले ट्रकमा करेन्ट लागेर एक जनाको मृत्यु

बुधबार, २३ भदौ २०७८, १९ : २९
बुधबार, २३ भदौ २०७८

रुपन्देहीमा सडकमा लत्रिएको विद्युतको तारले ट्रकमा करेन्ट लागेर एक जना सह–चालकको मृत्यु भएको छ । रुपन्देहीको सियारी गाउँपालिका–१ मा ना८ख १५५५ नम्बरको ट्रकमा सडक छेउको विद्युतको तारबाट करेन्ट प्रवाह हुँदा सोही ट्रकका सहचालक धादिङ, नौबिसे गाउँपालिका–२ खानीखोला बस्ने ३० वर्षीय रिजन मगरातीको मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही वडाको पौवागाउँमा रहेको बुस्टर दाना कम्पनीको लागि सोयाबिन लोड गरी जाँदै गरेको उक्त ट्रकका सहचालकले सडकमा झुण्डिएका विद्युतका तारहरु बासको डण्डाले उठाउँदै अगाडि बढ्ने क्रममा करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका उनको सीटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप