काँग्रेस अधिवेशन : गुल्मीका ९२ वडामध्ये जम्मा एक महिला र ३ जना दलित सभापति
गुल्मीका ९३ वडामध्ये ९२ वटा वडामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । मुसिकोट नगरपालिका–२ मा भने सभापति पदमा सहमति जुट्न नसकेर अधिवेशन सम्पन्न हुन नसकेको हो ।
नेपाली काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीका अनुसार अधिवेशन भएका ९२ वटै वडामा सभापतिसहित कार्यसमिति सर्वसम्मत चयन भएको छ । अधिवेशन भएका ९२ वडामध्ये एउटा वडामा मात्र सभापतिमा महिला चयन भएकी छन् । त्यस्तै, दलित समुदायबाट तीन जनाले वडा कार्यसमितिको नेतृत्व गर्ने अवसर पाएका छन् ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्माले पार्टीको पछिल्लो निर्वाचन निर्देशिकाविरुद्ध पदबाटै राजीनामा दिइ आन्दोलनमा उत्रिएपछि जिल्लामा ३ जना दलितले नेतृत्व पाउन सकेको काँग्रेस जिल्ला कार्य समिति सदस्य तथा दलित विभाग प्रमुख झविन्द्र विश्वकर्माले बताए । गुल्मीका सबै वडा कमिटी समावेशी बनेको उनको भनाइ छ ।
जिल्ला पार्टी सचिव पन्थीका अनुसार रेसुङ्गा नगरपालिका– ८ मा वडा सभापति पदमा यमबहादुर विश्वकर्मा सर्वसम्मत निर्वाचित भएका छन् । जनजाति बाहुल्य रहेको सो वडामा जनजातिहरुले नै विश्वकर्मालाई सभापतिमा प्रस्ताव गरेका थिए ।
जनजातिहरुकै बाहुल्यता रहेको मालिका गाउँपालिका–२, दर्लिङ्गमा पनि जनजातिहरु कै प्रस्तावमा रविन्द्र विकलाई वडा सभापतिमा चयन गरिएको छ । त्यस्तै, कालिगण्डकी गाउँपालिका–४, पुर्तिघाटमा श्याम विश्वकर्मा वडा सभापतिमा सर्वसम्मत चयन भएका छन् ।
रुरुक्षेत्र गाउँपालिका–४ बलेटक्सारमा भने लक्ष्मी ज्ञवाली वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएकी छन् । नेपाली काँग्रेस गुल्मीका अनुसार जिल्लामा वडा सभापति हुने ज्ञवाली एकमात्र महिला हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण