रुपन्देहीमा चट्याङ लागेर एक युवाको मृत्यु, ४ घाइते
रुपन्देहीको मर्चवारमा चट्याङ्ग लागेर एक युवाको मृत्यु भएको छ । भने अन्य ४ जना घाइते भएका छन् । र्मचरवारका छुट्टाछुट्टै ठाउँमा भएका घटनामा एक जनाको मृत्यु भएको र अन्य ४ जना घाइते भएका रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले रातोपाटीलाई जानकारी दिए ।
जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका १५ वर्षिय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको छ । उनीसँगै रहेका स्थानीय ११ वर्षिय सन्तोष यादव घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
यस्तै, चट्याङ्ग लागेर मर्चवारी गाउँपालिका–१ कोटियहवाको इन्द्रावती यादव, माया यादव, गौरी यादव पनि चट्याङबाट घाइते भएको थापाले बताएका छन् ।
उनीहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा उपचारको लागि ल्याएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसंधान भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण