रोल्पामा कांग्रेस अधिवेशन : ६६ वडामा सर्वसम्मत
शुक्रबार, २५ भदौ २०७८, ११ : ५१
नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका ७२ वडामध्ये ६६ मा सर्वसम्मत नेतृत्व चयन भएका छन् । सर्वसम्मत हुन नसकेका छ वडामध्ये चारमा नेतृत्व चयन गरिएको र एक वडामा आज नेतृत्व चयन गरिने जनाइएको छ ।
“अधिवेशन हुन नसकेका एक वडामा आज अधिवेशन हुँदैछ”, काँग्रेस रोल्पा जिल्ला सभापति अमरसिंह पुनले भने । रुन्टीगढी गाउँपालिका–८ को अधिवेशन हुनसकेको थिएन ।
जिल्लामा एक जना दलित र एक महिला वडा सभापतिमात्रै निर्वाचित भएका छन् । यसरी निर्वाचित हुने वडा सभापतिमा सुनिल स्मृति गाउँपालिका–४ बाट हीरादेवी पुनमगर र सोही गाउँपालिका–७ बाट रेमलाल विक रहेको सभापति पुनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण