रानी चटर्जीले भनिन्, ‘बलिउडका निर्देशकले भेट्न बोलाएर गलत व्यवहार गरे’
भोजपुरी अभिनेत्री रानी चटर्जीले बलिउडका निर्देशकले आफूमाथि गलत व्यवहार गरेको आरोप लगाएकी छन् । बिग बोस ओटीटीबाट बाहिरिएपछि भोजपुरी अभिनेत्री अक्षरा सिंहले क्षेत्रवादको मुद्दा उठाएपछि अभिनेत्री रानीले त्यसको समर्थन गर्दै उक्त आरोप लगाएकी हुन् ।
उनले भारतीय सञ्चारमाध्यम आज तकसँग कुराकानी गर्दै करियरको सुरुवाती दिनहरुको घटना सार्वजनिक गर्दै हिन्दी फिल्मका लागि निर्देशकसँग भेट्न जाँदा निर्देशकले गलत व्यवहार गरेको खुलाएकी हुन् ।
उनले हिन्दी फिल्मका लागि एक चर्चित बलिउड निर्देशकको अफिसमा गएको र निर्देशकले उनीमाथि नराम्रो व्यवहार गरेका बताइन् ।
रानीले भनिन्, ‘मलाई लागेको थियो म भोजपुरी उद्योगबाट आएकी हुँ । त्यसैले फरक हुन्छु होला । मैले उनको व्यवहारमाथि तुरुन्तै प्रतिक्रिया जनाएँ र ‘नट कम्फर्टेबल’ भनेर निस्किँए ।’
उनले बाहिर निस्किएर रोएको पनि बताइन् । उनले ‘मिटु’ मामिलामा उक्त निर्देशकको नाम बाहिरिएको र उसले सजाय समेत पाएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण