शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

आन्दोलनरत पर्यटन श्रमिक र बोर्डबीच भयो सात बुँदे सहमति

शुक्रबार, २५ भदौ २०७८, १३ : ३२
शुक्रबार, २५ भदौ २०७८

नेपाल पर्यटन बोर्ड र नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) बीच ७ बुँदे सहमति भएको छ । लामो समयदेखि आन्दोलन गर्दै आएको निटोग र बोर्डबीच बिहीबार सहमतिपत्रमा हस्ताक्षर भएको हो । पर्यटन सूचना प्रणाली (टिम्स्) लगायत मजदुरहरुको प्रत्यक्ष सहभागिता रहने बोर्डको विविध कोष तथा कार्यक्रमको परिचालनको विषयलाई लिएर मजदुरहरुले असन्तुष्टी जनाउँदै आएका थिए ।

बोर्डका तर्फबाट निर्देशक सन्तोष पन्त र श्रमिक संघको तर्फबाट निटोगका अध्यक्ष रामकाजी तिवारीले सहमतिपत्रमा संयुक्त हस्ताक्षर गरेका छन् । दुई पक्षबीचको समझदारीमा बोर्डद्वारा सञ्चालित पर्यटन सूचना व्यवस्थापन प्रणाली (टिम्स) परमिटलाई विद्युतीय प्रणालीमा लैजाने, टिम्सको संयुक्त खाताको रकम परिचालन (आयोजना सञ्चालन र व्यवस्थापन) विनियमावली, २०७७ र पदयात्रा तथा पर्वतीय श्रमिक कल्याणकारी (खाता सञ्चालन, व्यवस्थापन तथा ऋण परिचालन) विनियमावली, २०७७ पारित गरि सञ्चालन गर्ने, पर्यटन श्रमिक रोजगार कार्यक्रम एसटीएलआरपी परियोजनाका लागि राष्ट्रिय परियोजना संयोजकबाट गत भदौ २२ गते संघलाई गरिएको पत्राचारअनुसार संघ र बोर्डबीच सहकार्य गर्ने सहमति भएको छ । 

यस्तै, हालसम्म पर्यटक आगमनमा विदेशी पर्यटकलाई लगाइएको ७ दिनको क्वारिन्टिनको व्यवस्थालाई खारेज गर्न सम्बन्धित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई आग्रह गर्ने, टिम्स् खाताको लेखापरीक्षण गरी बाँकी बेरुजुबारे सबैलाई जानकारी दिने र सम्झौता भएको मिति देखिनै श्रमिकहरुले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप