‘न्यूड फोटोशुट’ गराउँदै गहना वशिष्ठले भनिन्, ‘न म नशामा छु, न मेरो शोषण भएको छ’
भारतीय व्यवसायी राज कुन्द्रा गत महिना जुलाईमा पोर्न फिल्म निर्माण र प्रशारण गरेको अभियोगमा पक्राउ परे । उनलाई मुम्बईको अपराध शाखाले पोनोग्राफी प्रकरणमा पक्राउ गरेपछि उनीसँगै धेरै व्यक्तिहरु यो प्रकरणमा मुछिएका छन् ।
यसै प्रकरणमा सबैभन्दा बढी चर्चामा आएको नाम हो अभिनेत्री गहना वशिष्ठ । उनले पछिल्लो समय फोटोशुट गराएकी छन् । उनले न्यूड फोटोशुट गराएर लामो क्याप्शन पनि लेखेकी छन् ।
उनले फोटोशुटको क्रममा न कुनै मादक पदार्थ पिएको न यौन शोषण भएको बताइन् । उनले फोटोशुटको पारिश्रमिक पनि समयमा नै पाएको बताइन् । उनले उक्त फोटोशुटको क्रममा करिब २० जना व्यक्तिहरु भएको र उनीमाथि कुनै प्रकारको शोषण नभएको बताइन् ।
उनले लेखेकी छन्, ‘मैले सेटमा कुनै पनि प्रकारको जुस पिएकी थिइन । म पूरै होशमा थिएँ । म अटोमार्फत सेटमा गएँ र अटोमा नै फर्किएँ । मलाई मेरो पारिश्रमिक पनि दिइयो ।’
उनले अगाडि लेखेकी छन्, ‘सबैभन्दा बढी जरुरी कुरा म १८ वर्षभन्दा बढीको साधारण कलाकार हुँ । त्यसैले मेरो बिन्ती छ कि डेढ वर्षपछि मेरा कुनै पनि निर्मातामाथि धारा ३७०, ३७६ र ३५४ नलगाउनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण