रजनीकान्त अभिनित ‘अन्नाथे’ को पोस्टर सार्वजनिक
शनिबार, २६ भदौ २०७८, १७ : ४२
दक्षिण भारतका सुपरस्टार रजनीकान्त अभिनित ‘अन्नाथे’ फिल्मको पोस्टर सार्वजनिक भएको हो । गणेश चुतर्थीका अवसरमा शुक्रबार यस फिल्मको पोस्टर सार्वजनिक गरिएको हो ।
त्यस्तै फिल्मको रिलिज डेट पनि तोकिएको छ । यो फिल्म ४ नोभेम्बरमा रिलिज हुनेछ । पोस्टरमा रजनीकान्तको स्टाइलिस लुक्स देखिन्छ । उनले आँखामा चस्मा लगाएर कतै हेरिरहेका छन् । यस फिल्मको निर्देशन सिरुथई शिवाले गरेका हुन् । फिल्ममा मीना, खुशबू, जगपति बाबू, प्रकाशराज आदि स्टारहरु देखिनेछन् ।
फिल्ममा डी इमानले संगित भरेका छन् । त्यसैगरी स्वर्गीय एसपी बालासुब्रमण्यमले गाएको अन्तिम गीत पनि यसमा समावेश हुनेछ, कोरोना संक्रमित भएर ज्यान गुमाउनुअघि उनले यो गीत गाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण