शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

रुपन्देही र पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा  तीन जना घाइते

आइतबार, २७ भदौ २०७८, १३ : २९
आइतबार, २७ भदौ २०७८

आइतबार  दिउँसो पूर्व–पश्चिम राजमार्ग अन्तरगत बुटवल–१३ को जीतगढीमा मोटरसाइकलमा सवारी  दुई जनालाई ट्रकले ठक्कर दिँदा दुई जना  गम्भीर भएका छन् । लु ४८ प २८५७ नम्बरको मोटरसाइकललाई पश्चिमतर्फ गइरहेको ना १ क ८९१५ नम्बर ट्रकले ठक्कर दिँदा कन्चन गाउँपालिका–१ का ५९ वर्षिय लोकबहादु भुजेल र   उनकी श्रीमती ५६ वर्षीया उमादेवी भुजेल गम्भीर घाईते भएको  प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरले घाइतेहरुलाई बुटवल चौराह अस्पतालमा उपचारका लागि लगिएको जानकारी दिए ।  

ट्रकको ठक्कर पछि  ढलेको मोटरसाईलक अगाडी रक्ताम्मे महिलालाई एक जना पुरुषले उठाउने प्रयास गरिरहेका देखिन्छ । त्यस्तै पाल्पाको तिनाउ गाउपालिका–३ झरना नजिकै सडकबाट मोटरसाइकल खस्दा एकजना गम्भीर भएका छन्। सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्डको सिद्धबाबा मन्दिर नजिकै ग ५ प ६८८ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा त्यसमा सवार स्याङ्गजाको कृष्णगण्डकी गाउँपालिका ४ का अन्दाजी  ३७ बर्षीय तारा प्रसाद पाण्डेलाई उपचारका लागि बुटवल पठाईएको पाल्पाका डिएसपी रामेश्वर त्वातीले बताए । 

उनले घाइतेको अवस्था सामान्य रहेको बताए  पनि  स्थानीयले गम्भीर रहेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप