एक्काइसौं शताब्दीको जनवाद अझ विकसित गर्नुपर्छ : राम कार्की
माओवादी केन्द्रका नेता राम कार्कीले समाजवादमा पुग्न माओवादीले अघि सारेको ‘एक्काइसौं शताब्दीको जनवाद’ दस्तावेजलाई विकसित गर्नुपर्ने बताएका छन् । आइतबार परशुराम तामाङद्वारा लिखित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकमाथि टिप्पणी गर्दै नेता कार्कीले समाजवादको रक्षा हतियार र पुँजीले मात्रै सम्भव नभएको बताए ।
‘समाजवादको रक्षा मान्छेले मात्रै गर्छ, हतियार र पुँजीले गर्दैन’ कार्कीले भने, ‘समाजवादमा पुग्न माओवादीले अघि सारेको एक्काइसौं शताब्दीको जनवाद नामक दस्तावेजलाई विकसित गरेर अघि बढ्नुपर्छ ।’
कार्यक्रममा वैज्ञानिक समाजवादी पार्टीका नेता विश्वभक्त दुलाल ‘आहुती’ले पुस्तकमाथि टिप्पणी गर्दै नेपालका कम्युनिस्ट पार्टीहरू क्रान्तिकारी भूमिसुधार लागू गर्न पुरै असफल भएको बताए । उनले मजदूर र भूमिहीनका पक्षमा र राष्ट्रियताको पक्षमा कम्युनिस्ट आन्दोलन लडिरहे पनि गुमेको एक इन्च भूमि पनि फिर्ता गर्न नसकेको बताए । त्यस्तै उनले कम्युनिस्ट आन्दोलनले महिला मुक्तिका लागि जागरण ल्याए पनि अधिकार स्थापित गर्न नसकेको भन्दै गणतन्त्र ल्याउनु नै नेपालका कम्युनिस्ट पार्टीहरूको उपलब्धि भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण