नाकामा आवतजावत सहजीकरण गर्न माग गर्दै ज्ञापन पत्र
रुपन्देहीको कालीदह ककरहवा नाका सहित जिल्लाका सबै नाकाहरूमा आवतजावतमा सहजीकरण गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गरेको स्थानीयहरूले गराएका छन् । आइतबार लुम्बिनीका नागरिक समाजले रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र हस्तान्तरण गर्दै प्रशासन कार्यालय मार्फत गृह मन्त्रालयलाई पत्र पठाएको अक्रम खानले बताए ।
उनले पछिल्लो समय समाजले प्रदेश सरकार देखी केन्द्र सरकारलाई नाका खुलाउन दवाव दिन सुरु गरेको बताए । छिटो भन्दा छिटो सीमा नाका सञ्चालन नगरे सबै व्यवसायीहरूले चाहना रहेको भन्दै कोरोना सङ्क्रमण घट्दै गएकाले सम्पूर्ण सीमा नाका खोल्नुपर्ने माग गरेका रहेको छ ।
सीमा क्षेत्रका नेपाली तथा भारतीय दुवैको एक अर्काको पारिवारिक सम्बन्ध समेत रहेकोले नाका बन्द हुँदा अप्ठेरो भएको स्थानीयहरूले गुनासो गरेका छन् । नाका बन्द भए पनि सर्वसाधारण डेढ किलोमिटरसम्म पैदल हिँडेर आवतजावत गरिरहेकाले नाका बन्द गर्नुको औचित्य नभएको व्यवसायीहरूको भनाइ छ । मुख्य नाका बन्द भए पनि वैकल्पिक बाटोबाट लुकिछिपी सामान आयात नरोकिँदा राज्यको करोडौँ राजस्व गुमेको जानकारहरुको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण