तीन वर्षीया बालिका मृत फेला प्रकरण : जङ्गली जनावरले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुमान
गत आइतबार बिहान गुल्मीको बाँझकटरीको झाडीमा मृत फेला परेकी ३ वर्षीया बालिकाको मृत्यु जङ्गली जनावरको आक्रमण भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ । घटनास्थलमा पुगेका डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले चितुवालगायतको जङ्गली जनावरले आक्रमण गरेर मारेको हो कि भन्ने प्रारम्भिक बुझाइ रहेको बताए । 'केही दिन त्यस टोलमा चितुवाले वटा बाख्रा र एउटा कुकुर मारेको भन्ने बुझिन आएको छ । तै पनि हामीले विभिन्न कोणबाट थप अनुसन्धान जारी राखेका छौँ,’ डिएसपी पाण्डेले भने ।
उनका अनुसार बालिकाको जुत्ता शव रहेको स्थानभन्दा केही तल फेला परेको थियो । जुत्ता भएको स्थानबाट माथि शव रहेको स्थानसम्म बालिका हिँडेर जान सक्ने अवस्था छैन । उनी पञ्चमी पूजाको मेलामा जानुअघि आमाले चिटिक्क सजाएर लगाई दिएको कपडा जस्ताको त्यस्तै देख्न सकिन्छ ।
त्यस दिन उनको आमा माइती मै थिइन् । हजुर आमा र बहिनीसँग पञ्चमी पूजामा गएका उनका जेठा छोरा घर फर्किएका थिए । दुई सन्तानसहित आमा मनीषा पोखरेल केही समययता माइती मै बस्दै आएकी थिइन् । उनका श्रीमान् भारतको मुम्बईबाट सोमबार घर आइपुगेका छन् ।
यता परिवारजनले भने घटना शङ्कास्पद भनेका छन् । बालिका आइतबार बिहान करिब साढे सात बजेको समयमा घरदेखि करिब ५ सय मिटर दुरीको झाडीमा मृत फेला परेकी थिइन् । शनिवार बिहान हजुर आमा भुसाल र दाजुसँगै पञ्चमीको पूजा गर्ने स्थानमा खेलिरहेकी बालिका बेपत्ता भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण