रुपन्देहीका पत्रकार विन्दु चौहानको मृत्यु
रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको गएराती मृत्यु भएको छ । जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर दुई दशक देखि पत्रकारिता गर्दै आएका ४५ वर्षीय चौहानको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा मृत्यु भएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष वसन्त गिरिले जानकारी दिए । चौहान प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य थिए ।
तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको थियो । त्यस अस्पतालमा उनको स्वास्थ्य अवस्था थप गम्भीर भए पछि भैरहवा मेडिकल कलेजमा लगिएको अवस्थामा गएराती मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराजा पोख्रेल जानकारी दिँदै दुख व्यक्त गरे । लुम्बिनी सांस्कृतिक नगरपालिका–११ काठी नदी घर भएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण