तुल्सीपुर उपमहानगरद्वारा एम्बुलेन्स हस्तान्तरण
बुधबार, ३० भदौ २०७८, ११ : १२
तुलसीपुर उपमहानगरपालिकाले १५ नम्बर वडामा रहेको डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आज एक समारोहकाबीच नगर प्रमुख घनश्याम पाण्डेले वडाअध्यक्ष लक्ष्मण चौधरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिन निर्देशन दिएका थिए । यसअघि तुलसीपुर उपमहानगरपालिकाले अन्य वडाहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण