लुम्बिनीका बेग्लाबेग्लै सडक दुर्घटनामा २ जनाको मृत्यु
लुम्बिनी प्रदेशका बेग्लाबेग्लै स्थानमा भएका सडक दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा भएका सडक दुर्घटनामा २ जनाको मृत्यु भएको हो । प्राप्त सूचनाअनुसार बाँके जिल्लामा बसमा सवार एक यात्रुले झ्यालबाट बाहिर टाउको निकाल्दा पुलको खम्बामा ठोक्किएर उनको मृत्यु भएको छ ।
जिल्लाको डुडुवा गाउँपालिका–४ राप्ती पुलस्थित सडकमा भे १ ख १४८३ नम्बरको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा बसमा सवार गेरुवा गाउँपालिका–१ पाताभारका १५ वर्षीय आदर्श परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुलको खम्बामा ठोक्किएर गम्भीर घाइते भएका उनको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जीतगढी उपमहानगरपालिक–११ मजुवा बस्ने ३० वर्षीय राजु सिंजापतीको रहेका छन् ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रदेश अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाइकल भने फरार रहेको र चालकको खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण