एमालेमा ‘हिरा र सुन’मात्रै छ : कृष्णगोपाल श्रेष्ठ
बिहीबार, ३१ भदौ २०७८, १३ : २१
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको बताएका छन् । बुधबार नेकपा एमाले काठमाडौ जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले एमालेबाट बाहिरिएर फरक दल गठन गर्नेहरुलाई काँस र पित्तल भन्दै एमालेमा ‘हिरा र सुन’ बाँकी रहेको बताए । श्रेष्ठले एमाले सतिसालरुपी रुख रहेको र त्यो रुखमा फलेका केही फल कुहिएर झर्दैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको दावी गरे ।
‘नेकपा एमाले काँसका टुक्राजस्तो होइन, हिरा हो । त्यसका लागि राजनीतिक, वैचारिक सैद्धान्तिक रुपमा प्रस्ट हुनुपर्छ एमाले त्यो गुण छ’, उनले भने, ‘सुन र पित्तल छुट्याउन सक्नुपर्छ । एमाले सुनको पार्टी हो, एमालेमा हिरा र सुन मात्रै बाँकी छ ।’ उनले पित्तल, काँसका टुक्राहरू छुट्टिएर गएको भन्दै त्यसले फरक नपर्ने दावी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारको पेसागत तथा भौतिक सुरक्षाका सवालमा सरकारले कसैसँग सम्झौता : मन्त्री शर्मा
-
सुदूरपश्चिम सरकारको बजेट निर्माण कार्यतालिका प्रभावित
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइँदै
-
वेश्यावृत्ति गराएको आरोपमा खाजाघर सञ्चालक पक्राउ
-
राजस्थान रोयल्सविरुद्ध हैदरबादको एक रनको रोमाञ्चक जित