निर्माणाधीन घरमा दुई जनाको शव फेला
बुधबार, ०६ साउन २०८३, १२ : ४५
सारांश
- दाङको तुलसीपुरमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ ।
- खाली पानी ट्याङ्कीमा शव फेला परेको र अक्सिजनको कमीले मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
- प्रारम्भिक सूचना अनुसार मृतक मजदुर र ठेकेदार भएको र थप पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दाङ । दाङमा निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको छ । बुधबार जिल्लाको तुलसीपुर उपमहानगरपालिका–६ रजौराका मनिराम चन्दको निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको हो ।
खाली पानी ट्याङ्कीमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी दीपक श्रेष्ठले रातोपाटीलाई बताए ।
उनले अक्सिजनको कमी भएर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको बताए । मजदुर र ठेकेदारको शव भएको प्रारम्भिक सूचना आएको प्रहरीले जनाएको छ। मृतकको थप पहिचान हुन बाँकी छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण