नेकपा एकीकृत समाजवादी गुल्मीको इन्चार्जमा थापा, अध्यक्षमा महत
शुक्रबार, ०१ असोज २०७८, २० : ३४
नेकपा एकीकृत समाजवादी गुल्मीको इन्चार्जमा हिमाल थापा चयन भएका छन् । नेकपा एमाले ओली समूहबाट विद्रोह गरी समाजवादीमा प्रवेश गरेका थापालाई इन्चार्जको जिम्मेवारी दिइएको हो । समाजवादीले विद्यार्थी नेता श्रीराम महतलाई भने अध्यक्षको जिम्मेवारी दिएको छ ।
जिम्मेवारी पाएलगत्तै अध्यक्ष महतले समाजवादीलाई नै सच्चा एमाले बनाउने दाबी गरे । उनले भने, ‘अब सच्चा एमाले पार्टी भनेकै नेकपा एकीकृत समाजवादी पार्टी बनाउँदै छौं, छिटै जनताले त्यो महशुस गर्नुहुनेछ ।’

उनी नेकपा एमालेमा रहँदा अनेरास्ववियूका जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका थिए । केही दिनअघि गुल्मीमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले नेताहरु प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्टले गुल्मीबाट माधव नेपाल नेतृत्वको पार्टीमा जाने एमाले कार्यकर्ता कोही पनि नरहेको दाबी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण