विद्युतीय पासोमा परि एकै परिवारका ३ जनाको मृत्यु
गएराति धान खेतमा बँदेल लगायतका जंगली जनावर धपाउन बिच्छ्याइएको विद्युतिय धराप (पासो) मा परि एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँका ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र वालकृष्णकी भाउजु ४३ वर्षीया बेलमती छन् ।
उनीहरुको गएराति १२ बजेको समयमा विद्युतिय धरापमा परि मृत्यु भएको बर्दिया जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिए ।
एसपी कार्कीले धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई हामीले नियन्त्रणमा लिएको जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताए ।
स्थानीयका अनुसार धानबालीमा जंगली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पु¥याउन थालेकाले करेन्ट प्रवाह गर्दा करेन्ट लागेर यसअघि दुईवटा जंगली हात्ती र एक जना युवाको ज्यान गएको थियो ।
घटनाको ईलाका प्रहरी कार्यालय भुरिगाउँले प्रारम्भिक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाङमा ७७ प्रतिशत रोपाइँ
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण