मेयरलाई मुक्का हान्ने पक्राउ
बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पङ्गेनीलाई सोमबार साँझ बुटवलबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
पङ्गेनी पहिरो प्रभावित ज्योति नगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् । उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दा लगाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।
पहिरो अवलोकनको लागि भन्दै मेयर बुटवलको लक्ष्मीनगर र ज्याेतिनगर क्षेत्रमा गएका थिए। सोही क्रममा स्थानीयले आफूहरू पहिरो पीडित हुँदा सरकारले केही नगरेको भन्दै आक्रोश पोखेका थिए भने पङ्गेनीले मुक्का नै हानेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना
-
अप्ठ्यारो संसदीय अंकगणित, उपधारा-५ बाट तेस्रो मुख्यमन्त्री को ?
-
बाँकेमा कृषि भण्डारण केन्द्र निर्माण
-
देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे
-
संवादहीनता तोड्दै प्रधानमन्त्री शाह, निरन्तर छलफलमा
-
साल्ट ट्रेडिङले भन्याे– मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण