मेयरलाई मुक्का हान्ने पक्राउ
बुटवलका मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्ने गणेश पङ्गेनीलाई सोमबार साँझ बुटवलबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
पङ्गेनी पहिरो प्रभावित ज्योति नगरकै बासिन्दा हुन् । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उनी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् । उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दा लगाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले जानकारी दिए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।
पहिरो अवलोकनको लागि भन्दै मेयर बुटवलको लक्ष्मीनगर र ज्याेतिनगर क्षेत्रमा गएका थिए। सोही क्रममा स्थानीयले आफूहरू पहिरो पीडित हुँदा सरकारले केही नगरेको भन्दै आक्रोश पोखेका थिए भने पङ्गेनीले मुक्का नै हानेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को रमिता कहिले हट्छ ? ‘कांग्रेसलाई सोध्नुस्’ : रवि लामिछाने
-
श्रममा सरकारको नीति तथा कार्यक्रम : नयाँ श्रम गन्तव्य मुलुक खोज्नेदेखि श्रमको अडिटसम्म
-
कांग्रेसबाट संसद्मा अशोभनीय काम भयो : अर्थमन्त्री पुन
-
फैसलाको आशमा उच्च अदालत अगाडि भिड, तस्बिरहरू
-
सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन
-
यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था