अनलाइनमार्फत ठगेको आरोपमा ‘पास्टर’ पक्राउ
अनलाइनमार्फत ठगेको आरोपमा प्रहरीले झापाको काँकडभिट्टाबाट एकजना पास्टरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलगुढी घर भएका क्रिश्चियन धर्मगुरु सन्दीप क्षेत्री छन् । झापा प्रहरीसँगको समन्वयमा क्षेत्रीलाई पक्राउ गरेर काठमाडौं ल्याइएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।
फेसबुक र ह्वाट्सएपमार्फत विदेशीको हुलियामा च्याट गरेर क्षेत्रीले ५ लाख रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । संखुवासभा घर भएकी एक महिलालाई क्षेत्रीले ‘युकेबाट पार्सल पठाएको छु, रिसिभ गर्नु’ भनेर काठमाडौंमा जान आग्रह गरे ।
काठमाडौं आएपछि भन्सार तिर्न पाँच लाख लाग्छ भनेर उनले पोखरा र काँकडभिट्टाका दुईजना महिलाको खातामा पैसा हाल्न लगाएका थिए । पार्सलमा ‘विदेशी पैसा पनि रहेछ’ भनेर थप पैसा मागेपछि ती महिला प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !