शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

वर्ल्डलिंकले दसैँमा पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट दिँदै

सोमबार, ११ असोज २०७८, १३ : ५४
सोमबार, ११ असोज २०७८

काठमाडौं । विजया दशमीको अवसरमा वर्ल्डलिंकले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको जनाएको छ ।

कम्पनीको दसैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटीभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ । यद्यपि ६ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दसैँ अफरमा सहभागिता जनाउन सक्नेछन् ।

वर्ल्डलिंकले ल्याएको ६ महिने प्याकेजको मूल्य ७ हजार ९०० रुपैयाँ रहेको छ । यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटीभी सहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १३१७ रुपैयाँ पर्नेछ । त्यस्तै कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १ हजार २०० रुपैयाँमै २ ओटा नेटटीभी सहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज समेत ल्याएको छ । यही प्याकेज ६ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १ हजार ४३४ रुपैयाँ पर्नेछ ।

यसअघि ४० एमबीपीएस र ५० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबीपीएस र १०० एमबीपीएसको इन्टरनेट प्याकेज लिन सकिनेछ । जसअनुसार वार्षिक प्याकेज लिँदा मासिक १ हजार ४०० रुपैयाँमै २ ओटा नेट टीभी सहित वर्ल्डलिंकको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । यस्तै तीन ओटा नेटटीभी सहित १०० एमबीपीएसको इन्टरनेट प्याकेजका लागि मासिक केवल १६०० रुपैयाँ पर्नेछ ।

८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको छ महिने सब्सक्रिप्सनमा समेत दसैँ अफर लागु हुने कम्पनीले जनाएको छ । वर्ल्डलिंकका अनुसार २ ओटा नेटटीभी सहित ८० एमबीपीएसको ६ महिने सब्सक्रिप्सनको मूल्य १० हजार १०० रुपैयाँ र ३ ओटा नेटटीभी सहितको १०० एमबीपीएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार ५०० रुपैयाँमा प्राप्त हुनेछ ।

कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडान सहित चाडपर्व उपहारको रुपमा करिब २० हजार मूल्य पर्ने सेवा तथा सुविधा समेत उपलब्ध गराउने जनाएको छ । जसमा ग्राहकले नेटटीभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाईफाई रोमिङ र नेटटीभी प्राइम सब्स्क्रिप्सन प्राप्त हुनेछ ।

वर्ल्डलिंकले देशका ११ हजारभन्दा बढी स्थानमा फ्री वाईफाई जडान गरेको छ । जसमा अन्य प्रयोगकर्ताले दैनिक ५०० एमबीसम्मको डाटा मात्र निःशुल्क रुपमा प्रयोग गर्न पाउँछन् । तर वर्ल्डलिंकका ग्राहकले भने त्यस्ता स्थानमा अनलिमिटेड वाईफाईको सुविधा प्रयोग गर्न सक्नेछन् ।

नयाँ ग्राहकसँगै वर्ल्डलिंकका विद्यमान प्याकेज रिन्यु गर्ने ग्राहकले समेत यो दसैँ अफर प्राप्त गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप