रुकुम पश्चिममा एक युवकमाथि खुकुरी प्रहार, उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाइयो
बिहीबार, १४ असोज २०७८, १० : ४३
रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–३ स्यालाखदी निवासी २३ बर्षीय कर्णबहादुर बोहरामाथि ४ जनाको समूहले कुटपिट र खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक कपिलजंग शाहीले कुटपिट घटनामा संलग्न स्थानीय १८ बर्षीय महेन्द्र विक, २४ बर्षीय गोपाल विक, २१ बर्षीय विष्णु कामी र २२ बर्षीय कृष्ण विक रहेको र उनीहरु फरार रहेको जानकारी दिएका छन् । उनले उनीहरुको खोजी कार्य भइरहेको बताए ।
खानेपानी मुहानको बिषयमा विवाद हुँदा कुटपिट घटना भएको प्रहरीले जनाएको छ । गाडी जान नसक्ने विकट ठाउँ भएका कारण घाइतेलाई हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत पठाईएको प्रहरी निरीक्षक शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण