रुकुम पश्चिममा एक युवकमाथि खुकुरी प्रहार, उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाइयो
बिहीबार, १४ असोज २०७८, १० : ४३

रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–३ स्यालाखदी निवासी २३ बर्षीय कर्णबहादुर बोहरामाथि ४ जनाको समूहले कुटपिट र खुकुरी प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक कपिलजंग शाहीले कुटपिट घटनामा संलग्न स्थानीय १८ बर्षीय महेन्द्र विक, २४ बर्षीय गोपाल विक, २१ बर्षीय विष्णु कामी र २२ बर्षीय कृष्ण विक रहेको र उनीहरु फरार रहेको जानकारी दिएका छन् । उनले उनीहरुको खोजी कार्य भइरहेको बताए ।
खानेपानी मुहानको बिषयमा विवाद हुँदा कुटपिट घटना भएको प्रहरीले जनाएको छ । गाडी जान नसक्ने विकट ठाउँ भएका कारण घाइतेलाई हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत पठाईएको प्रहरी निरीक्षक शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्ग (फोटो फिचर)
-
‘मिस वर्ल्ड’को ‘स्पोर्ट्स च्यालेन्ज’मा इस्टोनियालाई स्वर्ण
-
सांसद राईको प्रश्न : झ्याप झ्याप्ती बत्ती जानु सरकारको आयुको सङ्केत हो ?
-
रेमिट्यान्स कर लगाउन खोज्दैछन् ट्रम्प
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
जनताको पक्षमा काम गर्ने पार्टी माओवादी केन्द्र नै हो: प्रचण्ड