सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

जब पासोमा झुण्डिएको अवस्थामा भेटिएका थिए यी बलिउड सेलिब्रिटी

शुक्रबार, १५ असोज २०७८, १७ : ३१
शुक्रबार, १५ असोज २०७८

कोही व्यक्तिको अवसान हुनु  दुःखको कुरा हो । सेलिब्रिटीको निधन हुँदा पनि धेरैलाई दुःख लाग्छ । उनीहरुको निधनले उनको परिवारका सदस्यलाई मात्रै नभई उनीहरुका प्रशंसकलाई पनि निकै गाह्रो हुन्छ । यद्यपि, बलिउडका यस्ता थुप्रै घटना छन् जहाँ सेलिब्रिटीको स्वभाविक मृत्यु नभई उनीहरुले आत्महत्या गरे । यहाँ पासो लगाएर आत्महत्या गर्ने सेलिब्रिटीबारे जानकारी लिऔं ।

सिल्क स्मिताः

दक्षिण भारत फिल्ममा सेक्स सिम्बल भनिने सिल्क स्मिता पर्दामा असाध्यै सफल भइन् । यद्यपि, वास्तविक जीवनमा उनी निकै एक्लो रहिन् । करियरमा कुनै बेला शीर्ष स्थानमा रहेकी सिल्क स्मिताले जब काम पाउन छोडिन् तब उनी डिप्रेसनमा पुगिन् । उनी आफ्नो घरमा मृत पाएकी थिइन् । सिल्कले पासो लगाएर आत्महत्या गरेकी थिइन् र एउटा सुसाइड नोट पनि छोडेकी थिइन् जसमा उनले लगातारको असफलताले वाक्क भएर जीवन अन्त्य गरेको लेखेकी थिइन् ।

कुणाल सिंहः

सोनाली बेन्द्रेसँग फिल्म दिल हि दिल मेमा देखिएका कुणाल सिंहले आत्महत्या गरेका थिए । उनले भोजपुरी र दक्षिण भारतीय फिल्ममा राम्रो काम गरिरहेका थिए तर उनी आफ्नो नीजि जीवनका कारण निकै तनावमा थिए । उनको श्रीमतीसँग सम्बन्ध राम्रो चलिरहेको थिएन र उनलाई आफ्नो सन्तानलाई भेट्नसमेत अनुमति थिए । यसैकारण उनले आत्महत्या गरेका थिए ।

कुशाल पंजाबीः

टेलिभिजन जगतका चर्चित सेलिब्रिटी कुशाल पंजाबीले पनि पासो लगाएर आफ्नो ज्यान दिएका थिए । उनी ३७ वर्षका मात्रै थिए । कुशालले आत्महत्या गर्नुको कारण सार्वजनिक भएको छैन तर पारिवारिक कलहका कारण उनी तनावमा भएको र यसैकारण उनले आत्महत्या गरेको बताइन्छ ।

प्रत्युशा बनर्जीः

सानो पर्दामा आनन्दी बनेर घर–घरमा चर्चित भएकी प्रत्युषाले आत्महत्या गरेको खबरले सबैलाई स्तब्ध बनाएको थियो । प्रत्युषाले २५ वर्षको उमेरमा नै आत्महत्या गरेकी थिइन् । प्रेममा धोका पाएका कारण उनले आत्महत्याको बाटो रोजेको बताइन्छ ।

कुलजीत रंधावाः

केही चर्चित फिल्ममा अभिनय गरेकी कुलजीत रंधावाले पनि पासो लगाएर आत्महत्या गरेकी थिइन् । उनको हातमा एउटा फिल्म पनि परेको थियो जसमा उनले मुख्य भूमिका निभाइरहेकी थिइन् तर त्यसपछि कुनै नीजि समस्याका कारण उनले आफ्नो इहलीला समाप्त गर्ने निर्णय गरिन् ।

सुशान्त सिंह राजपूतः

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूत अघिल्लो वर्ष आफ्नो घरमा मृत पाएका थिए । उनले आफ्नै अपार्टमेन्टमा पासो लगाएका थिए । सुशान्त डिप्रेशनसँग जुधिरहेको तर उनले आत्महत्या गर्नुको वास्तविक कारणबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप