देउवाको गृहनगरमा गगनको क्लिन स्विप
नेपाली काँग्रेस बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको नगर अधिवेशनमा बुढाथोकीले १५५ मत प्राप्त गरी सभापतिमा बाजी मारेका हुन् । उनका प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन्। काँग्रेस केन्द्रीय सदस्य गगन थापा निकट राजारामको प्यानललाई पूर्व महामन्त्री प्रकाशमान सिंहको पनि समर्थन थियो ।
काठमाडौंको नगर अधिवेशनमा सिंह र थापा निकट उम्मेदवारको एउटै प्यानल बनेको छ । सिंह थापा निकट प्यानल सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला निकट प्यानलसँग प्रतिस्पर्धामा छ । प्रधानमन्त्री तथा पार्टी सभापति देउवाको गृह नगरसमेत रहेको बूढानीलकण्ठमा सिंह थापा प्यानलले क्लिन स्विप पारेको छ ।

बूढानीलकण्ठका ३, ४, ५, र ७ नम्बर वडा सहमहामन्त्री प्रकाशशरण महतको निर्वाचन क्षेत्रसमेत रहेको छ । बाँकीका नेता थापाको निर्वाचन क्षेत्र पर्छ । जहाँ थापा निकट राजारामकै प्यानल नै निर्वाचित भएको छ ।
उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की विजयी भएका छन् । यस्तै सचिवमा विजेन्द्र श्रेष्ठ र बिजेन्द्र पुडासैनी निर्वाचित भएका हुन् । सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण