बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आमा बनिन् नेहा

आइतबार, १७ असोज २०७८, २१ : २९
आइतबार, १७ असोज २०७८

अभिनेत्री नेहा धुपिया आमा बनेकी छन् । ४१ वर्षकी धुपिया दोस्रो पटक आमा बनेकी हुन् । उनले आइतबार एक छोरालाई जन्म दिएको उनका पति अभिनेता अंगद बेदीले जानकारी दिएका छन् । अंगदले इस्टाग्राममा नेहासँगको एक तस्बिर शेयर गर्दै लेखेका छन्, ‘भगवानले आफ्नो आशीर्वादको रुपमा हामीलाई एक छोरा दिनुभएको छ ।

नेहा र बच्चा दुबै ठिक रहेका छन् ।’ खबर सार्वजनिक भएपछि नेहा र अंगदलाई अहिले बधाईको ओइरो लागेको छ । नेहाले गत जुलाईमा बेबी बम्प तस्बिरसहित आफु गर्भवती भएको सार्वजनिक गरेकी थिइन् । २०१८ मा नेहा र अंगदले विवाह गरेका थिए । त्यही बर्ष पहिलो सन्तानको रुपमा उनीहरुलाई छोरी प्राप्त भएको थियो ।

अभिनयको कुरा गर्ने हो भने नेहा छिट्टै फिल्म ‘सनक’ मा विद्युत जामवालसँग देखिनेछिन् । अंगत भने पछिल्लो समय ‘गुन्जन सक्सेना’ मा देखिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप