एकीकृत नेकपा समाजवादीले बोलायो स्थायी कमिटी बैठक
मङ्गलबार, १९ असोज २०७८, ११ : १३
काठमाडौं । नेताहरुको कार्यविभाजन गर्न एकीकृत नेकपा समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ । असोज २१ गते बिहीबार ११ बजे बस्नेगरी बैठक बोलाएको महासचिव डा. बेदुराम भुसालले जानकारी दिए ।
उनका अनुसार केन्द्रीय नेताहरुको कार्यविभाजन बैठकको एजेण्डा रहेको छ । केही दिनयता एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि सो पार्टीको बैठक बस्न सकेको छैन । स्वास्थ्य लाभ गरी अध्यक्ष नेपाल सोमबार घर फर्केलगत्तै स्थायी कमिटी बैठक बस्न लागेको हो । यसअघि सो पार्टीको केन्द्रीय समिति बैठक बसेर पदाधिकारी चयन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण