शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कपिलवस्तुमा झाडापखालाका कारण २ जनाको मृत्यु

मङ्गलबार, १९ असोज २०७८, १८ : १७
मङ्गलबार, १९ असोज २०७८

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका कारण दुई जनाको मृत्यु भएको छ  । नगरपालिकाको वडा न.७, ८ र ९ नम्बर वडामा झाडापखालाको प्रकोप देखिएको र त्यसमध्ये दुई जनाको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले कृष्णनगर वडा न. ९ का पाँच वर्षीय राज काश्यप र कृष्णनगर ८ का ४० वर्षीय रामप्रसाद केवट (बब्लु) को स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । 

स्थानीय अस्पतालले बिरामी थेग्‍न नसकेपछि शिवराज अस्पतालमा समेत बिरामी आउन थालेको स्थानीयले बताएका छन् । शिवराज अस्पताल बिरामीले भरिन थालेपछि जटिल बिरामीलाई तौलिहवा र बुटवलमा पठाउन थालिएको प्रमुख पाण्डेले बताए । प्रकोप नियन्त्रणका लागि स्वास्थ्य कार्यालय जुटेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । उनले झाडापखाला कसरी फैलियो भन्‍ने बारेमा अध्ययन  भइरहेको समेत बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप