राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम प्रभावकारी बनाउन मन्त्री यादवको निर्देशन
काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
परिषद्को २०औँ बैठकलाई आज सम्बोधन गर्दै मन्त्री यादवले कार्यक्रमहरूलाई औपचारिकतामा मात्र सीमित नराखी नतिजामुखी बनाउन जोड दिए । उनले भने, “परिषद्का वार्षिक कार्यक्रमको स्पष्ट मोडालिटी विकास गरी, त्यसले समाजमा पार्ने प्रभाव देखिनेगरी पेस गर्नुहोस् । प्रभावकारी मोडालिटी तयार भएपछि मात्र कार्यक्रमहरूलाई गति दिइनेछ।”
वार्षिक कार्यक्रमहरू कार्यान्वयनका लागि नयाँ मोडालिटी विकास गर्ने, कार्यक्रम सञ्चालन गर्दा त्यसको वास्तविक प्रतिफल र प्रभाव देखिने गरी काम गर्ने निर्णय बैठकले गरेको छ। बैठकमा उद्योग, अर्थ, कृषि तथा वन, स्वास्थ्य, शिक्षा र श्रम मन्त्रालयका सचिव तथा सहसचिवहरूका साथै योजना आयोगका सचिवको समेत उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण