रामायणमा रावणको भूमिका निभाउने अरविन्द त्रिवेदीको निधन
टेलिभिजनको सबैभन्दा लोकप्रिय शो रामायणमा लङ्काका अधिपति रावणको भूमिका निभाइसकेका अभिनेता तथा पूर्व सांसद अरविन्द त्रिवेदीको मंगलबार अबेर राती निधन भएको छ । उनको निधनको खबर उनका आफन्तले पुष्टि गरेका छन् । उनी ८३ वर्षका थिए ।
अरविन्द त्रिवेदीका भतिजा कौस्तुभ त्रिवेदीले उनको निधनको खबर पुष्टि गर्दै भने, ‘मंगलबार राती १० बजे उनको निधन भएको हो । पछिल्लो २–३ दिनदेखि उहाँको स्वास्थ्य स्थिति खराब थियो । यद्यपि, उनलाई त्यस्तो खासै ठूलो रोग भने थिएन ।’
पछिल्लो एक वर्षदेखि अरविन्दको निधनको अफवाह चलिरहेको थियोः
यस वर्ष मेमा अरविन्द त्रिवेदीको निधनको खबर सार्वजनिक भएको थियो । उक्त खबरमा उनका भतिजा कौस्तुभले खण्डन गरेका थिए । यतिमात्रै होइन, रामायणमा लक्ष्मणको भूमिका निभाउने सुनिल लहरीले पनि यी अफवाहमाथि भड्किँदै सोसल मिडियामा एउटा पोस्ट सेयर गरेका थिए ।
अरविन्दको करियर गुजराती रंगमञ्चबाट सुरु भएको थियो । उनका भाइ उपेन्द्र त्रिवेदी गुजराती सिनेमाका चर्चित नाम हुन् र गुजराती फिल्ममा अभिनय पनि गरिसकेका छन् । हिन्दीका चर्चित शो रामायणबाट घर–घरमा पहिचान बनाएका त्रिवेदीले लभगभ ३०० हिन्दी र गुजराती फिल्ममा अभिनय गरेका छन् ।
यस्तै, सन् १९९१ मा अरविन्द त्रिवेदी भारतीय जनता पार्टीका सदस्यको रुपमा सांसद छानिएका थिए । उनी सन् १९९६ सम्म यो पदमा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण