मुस्किल समयमा शाहरुखलाई गरे फ्यानहरुले समर्थन
बलिउड अभिनेता शाहरुख खान अहिले निकै मुस्किल समयमा छन् । उनका छोरा आर्यन खान ड्रग्स केसमा पक्राउ परेका छन् । यस मुस्किल समयमा शाहरुखका फ्यानहरूले पनि उनको साथमा रहेको प्रतिक्रिया दिएका छन् । मंगलबार रातिदेखि नै ‘शाहरुखको साथमा छौं’ भन्दै ठूलो संख्यामा समर्थकहरु उनको घरअगाडि जम्मा भएका छन् ।
उनीहरुको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । शाहरुखको घरअगाडि बसेका फ्यानहरुसँग एउटा ब्यानर पनि छ । ‘दुनियाँको कुना–कुनाबाट तपाईका फ्यानहरुले तपाईलाई धेरै माया गर्छन् शाहरुख, यो मुस्किल समयमा हामी सबै तपाईको साथमा खडा छौं । टेक केयर किङ ।’
सामाजिक सञ्जालमार्फत पनि शाहरुखका विश्वभरका करोडौं समर्थकहरुले मुस्किल समयमा उनको साथमा रहेको प्रतिक्रिया दिइरहेका छन् ।
बलिउडकर्मी पनि शाहरुखकै साथमा
आर्यन पक्राउ पर्नासाथ बलिउडकर्मीहरुले पनि शाहरुखलाई नआत्तिन भनिरहेका छन् । उनको घरमा सबैभन्दा पहिले सलमान खान पुगेका थिए । त्यसपछि सलमान खानका दुबै बहिनी शाहरुखसँग भेट्न उनको घरमा पुगे । यसबाहेक सुनिल सेट्टी, सुचित्रा कृष्णमुर्ती, विवेक वासवानी, सिकंदर खेर, महीप कपुर, हंसल महेतालगायत स्टराहरुले शाहरुखको साथमा रहेको दिइसकेका छन् ।
शाहरुखका छोरा आर्यन बिहीबारसम्म प्रहरी हिरासतमा रहनेछन् । मुम्बईबाट गोवातर्फ गइरहेको एक जहाजमा चलिरहेको रेव पार्टीमा नारकोटिक्स कन्ट्रोल ब्युरोले आइतबार छापा मारेको थियो, त्यसक्रममा आर्यन र अन्य आठजना पक्राउ परे । छानविनकै क्रममा आर्यनले विगत चार वर्षदेखि आफुले ड्रग्स लिइरहेको बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण