शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भुटनदेवी मन्दिरमा यसरी भित्र्याइयो फूलपाती (तस्बिरहरु)

मङ्गलबार, २६ असोज २०७८, १२ : ३६
मङ्गलबार, २६ असोज २०७८

मकवानपुरका विभिन्न मन्दिर तथा दसैँ घरहरुमा आज फूलपाती भित्र्याएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाका विभिन्न शक्तिपीठहरुमा हिन्दु परम्परा अनुसार फूलपाती भित्र्याइएको हो । मकवानपुरको भुटनदेवी मन्दिरमा पनि धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइएको छ । 

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गोरेक्षश्वर मन्दिरबाट शोभायात्राको टोलीले हेटौंडा–२ स्थित बनस्खण्डी र हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरमा हिन्दु धार्मिक परम्परा अनुसार फूलपाती भित्र्याइएको छ ।

जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, राजनीतिक दलका प्रतिनिधिहरू, नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरीलगायतका उच्चपदस्थ अधिकृतहरु सहित भक्तजनहरूले शोभा यात्रामा सहभागि भएर फूलपाती भित्राएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

उनका अनुसार, नेपाली सेनाका मौलिक ब्यान्ड, पन्चेबाजा र भक्तजनहरुको भजनकृतनसहित शोभायात्राले छुट्टाछुट्टै स्थानमा फूलपाति भित्र्याइएको हो । 

शोभायात्राका साथ स्थानीय बनस्खण्डीबाट हेटौंडा–१० गोरेक्षश्वर मन्दिरमा फूलपाती लिन पुगेको थियो । त्यस्तै, आज मकवानपुर जिल्लाको अन्य शक्तिपीठ मन्दिरहरू चुरियामाई मन्दिर, मकवानपुरगढी, चिसापानी गढी र ऋषेश्वर मन्दिरमा फूलपाती भित्र्याउने तथा बलि दिने काम भइरहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप