६५ वर्षमा सनी देओल : एक फिल्म खेलेको १० करोडसम्म लिन्छन् पारिश्रमिक
बलिउडमा एक्सन हिरोका रुपमा प्रसिद्धि कमाएका सनी देओल आजबाट ६५ वर्षमा प्रवेश गरेका छन् । सनीका बाबु धमेन्द्र ७० को दशकमा सुपरस्टार थिए । १९८३ मा बेताब फिल्मबाट डेब्यु गरेका सनीले ९० को दशकमा आइपुग्दा आफ्नो एक्सनमार्फत करोडौं फ्यानहरुको मन जिते ।
सनी देवलले करोडौंको सम्पत्ति पनि जोडेका छन् । उनले एउटा फिल्म खेलेबापत ८ देखि १० करोड भारु लिने गरेका छन् । उनी झन्डै ३ सय ५० करोड भारु सम्पत्तिका मालिक हुन् । सनीले अभिनयमार्फत मात्रै होइन, आफ्नो प्रडक्सन हाउसमार्फत पनि राम्रो आम्दानी गर्ने गरेका छन् । यस प्रडक्सन हाउसको नाम ‘विजेता फिल्म्स’ होे । सनीले फिल्मबाहेक विज्ञापन पनि खेल्छन् र विभिन्न कम्पनीहरुका सामाग्रीहरुको ब्रान्डिङ पनि गर्छन् । एउटा कम्पनीको ब्रान्डिङ गरेबापत उनले झन्डै २ करोड भारु लिन्छन् ।
मुम्बईको जुहु इलाकामा सनीका नाममा शान्दार बंगला छ । यसबाहेक पञ्जामा सनीको पैतृक सम्पत्ति पनि छ । त्यसैगरी बेलायतमा पनि उनको शानदार घर छ । सनीले बेलायतस्थित आफ्नो घरमा केही फिल्मको सुटिङ पनि गरिसकेका छन् । उनीसँग धेरै विलासी गाडीहरु पनि छन् । जसमा पोर्शे, ओडी ८ र रेन्ज रोभरजस्ता विलासी गाडी समावेश छन् ।
सनी निकै भद्र र लजालु छन् । उनी मिडिया र फिल्मी पार्टीहरुबाट टाढै रहन्छन् । आफ्नो परिवारलाई पहिलो प्राथमिकतामा राख्छन् । सनीलाई आमाको माया निकै लाग्छ र उनले आमालाई आफुसँग राखेका छन् ।
सनीकी पत्नी पुजा पनि चर्चा र विवादबाट टाढै रहन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
-
अफगानिस्तानमा पाकिस्तानी आक्रमण, तनाव फेरि चर्कियो
-
मरिणमा असारे भाका र हलगोरुसहित धान रोपाइँ, तस्बिरहरू
-
असार १५ मा प्रसिद्ध ‘जुजु धौ’ को माग ह्वात्तै बढ्यो, उत्पादकहरू बिहानैदेखि व्यस्त
-
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण