महतद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्षा पीडितको उद्दार र राहत सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवालाई भेटेर उनले पीडितको उद्दार र राहत सम्बन्धमा ध्यानाकर्षण गराएका हुन् ।
सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका विभन्न जिल्लामा वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानबाट पुगेको जनधनको क्षति र सवारी दुर्घटनाका विषयमा महतले प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । आफूसँगको भेटमा जनधन, भौतिक पूर्वाधार र खेतिबालीको क्षतिप्रति प्रधानमन्त्री देउवाले चिन्ता व्यक्त गरेको उनको भनाइ छ ।
डा.महतले विपद्को समयमा पीडितहरूको उद्दार, पुनःस्थापना र राहतको व्यवस्थाको लागि तीनै तहका सरकारको समन्वयमा राजनीतिक दलका कार्यकर्ताहरु पनि परिचालित हुनुपर्ने आवश्यकता देखिएको बताए ।
उनले तत्कालका यी काम सम्पन्न भएपछि पाकिसकेको धानबालीमा वर्षाले पुर्याएको क्षतिबारे यथार्थ विवरण संकलन गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि प्रधानमन्त्रीसमक्ष निवेदन गरे ।
यस कार्यमा स्थानीय सरकार र राजनीतिक दलका स्थानीय इकाइले पूर्ण सहयोग गर्नुपर्ने आवश्यकता उनले औंल्याए । महतले उद्दार, राहत र पुनःस्थापना जस्ता मानवीय कार्यमा पार्टी र भातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धित क्षेत्रका सबै तहका पदाधिकारी तथा सदस्यहरु सक्रियतापूर्वक खट्ने विश्वास व्यक्त गरे ।
तत्कालका लागि यस्ता दुर्घटनामा परेका यात्रुहरूको निःशुल्क स्वास्थ्योपचार, मृतकका परिवारलाई राहत सहयोग र दीर्घकालमा दुर्घटना न्यूनीकरणका उपाय अबलम्बन गर्ने सम्बन्धमा आफूले राखेको प्रस्तावलाई प्रधानमन्त्री देउवाले सकारात्मक रुपमा लिएको महतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गिरीबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचार छानबिन गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू
-
प्रधानमन्त्री प्रचण्डको सम्पत्ति २५ लाख नगद (विवरणसहित)
-
गृहमन्त्रीसँग ८० तोला सुन, कति छ रवि लामिछानेको अरु सम्पत्ति ?
-
सरकारबाट प्रेस स्वतन्त्रतामाथि अनैतिक हमला भयो : राजेन्द्र बजगाईँ
-
सिरोहियाको प्रश्न– दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति बार्गेनिङ गरी सत्तामा गएकोबारे अनुसन्धान कहिले हुने हो ?
-
बिहारमा मतदानका क्रममा भड्किएको हिंसा यथावत्, एकको मृत्यु