प्रदेश १ मा बाढी पहिरोबाट ७० जनाको मृत्यु : मुख्यमन्त्री आचार्य
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले हालैको वर्षा र बाढी पहिरोबाट प्रदेश १ मा ७० जनाको मृत्यु भएको जानकारी दिएका छन् । शुक्रबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्दै मुख्यमन्त्री आचार्यले बाढी पहिरोबाट इलाममा १४ जना, पाँचथरमा २८ जना, सुनसरीमा ११ जनाको मृत्यु भएको जानकारी दिए । यस्तै, धनकुटामा ७, सोलुखुम्बुमा १, मोरङमा ६, उदयपुरमा २, भोजपुरमा १ जनाको मृत्यु भएको उनले बताए ।
मुख्यमन्त्री आचार्यका अनुसार प्रदेशभर ४० वटा घर बाढी पहिरोबाट पूर्ण रुपमा क्षति भएको छ भने एक हजार ८२५ घरमा आंशिक क्षति भएको छ । उनले घाइतेका लागि निःशुल्क स्वास्थ्य उपचारका साथै घर पूर्ण रुपमा क्षति भएका परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताए ।
आंशिक क्षति भएका घरका सन्दर्भमा प्रति परिवार ३५ हजार र सामान्य क्षति भएका घरको सन्दर्भमा प्रति परिवार १५ हजार रुपैयाँ दिने निर्णय भएको उनले बताए । प्रदेशभर १० हजार हेक्टरमा फलेको धान नष्ट भएको उनले जानकारी दिए । प्रदेशको कुल धान बालीमा १५ प्रतिशत नष्ट भएको अनुमान गरिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण